नयाँदिल्ली पुर्‍याएर वेश्यावृत्तिमा लगाएको अभियोगमा १ जना पक्राउ

नयाँदिल्ली पुर्‍याएर वेश्यावृत्तिमा लगाएको अभियोगमा १ जना पक्राउ

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै महिलालाई भारतको नयाँदिल्ली पुर्‍याएर वेश्यावृत्तिमा लगाएको अभियोगमा दाङको बबई गाउँपालिका–५ घर भएका ४५ वर्षीय पूर्णबहादुर भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिला नयाँदिल्लीबाट २०८० असार १३ गते भाग्न सफल भएर नेपाल फर्की मानव बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएपश्चात ईलाका प्रहरी कार्यालय तुलसीपुर समेतको समन्वयमा उनलाई पक्राउ गरिएको छ ।

पीडित महिलालाई कुवेत जान लाग्ने सम्पूर्ण खर्च आफैं लगानी गरिदिने प्रलोभन देखाई भारतबाट विदेश जाने प्रक्रिया छिटो हुने भनि विश्वासमा पारी भारतको नयाँदिल्ली पुर्‍याई एयरपोर्ट नजिकैको फ्ल्याटमा बन्धक बनाई वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाण्डुबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।