सुनसरीमा ३१३ किलो गाँजासहित १ जना पक्राउ

सुनसरीमा ३१३ किलो गाँजासहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – जिल्लाको धरान उपमहानगरपालिका–८ स्थिमा बुढासुब्बा वर्कसपबाट अवैध लागूऔषध गाँजा ३१३ किलोसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

स्थानीय वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले वर्कसपको कम्पाउण्डभित्र शंकास्पद अवस्थामा रहेको बा१०च ६८३८ नम्बरको स्कार्पियो गाडीलाई जाँच गर्दा गाँजा फेला पारी कार्कीलाई पक्राउ गरेको छ ।

बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।