मोरङ – जिल्लाको रतुवामाइ नगरपालिका–६ कादुपाडाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
करीब १५८ ग्रामसहित भारत घर बताउने ३४ वर्षीय भगिरथ हरिजनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले कारोबारीको खोजतलास गर्ने क्रममा शंकास्पद व्यक्ति बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पिछा गरी नियन्त्रणमा लिने क्रममा हरिजनले प्रहरीतर्फ आक्रमणको प्रयास गरेपछि प्रतिकार स्वरूप गोली फायर गर्दा घाइते भएका हरिजनलाई उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया