वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–७ घर भई काठमाण्डुको डिल्लीबजार बस्ने ३१ वर्षीय दिलिप कुमार पाण्डे र गोरखाको शहिद लखन गाउँपालिका–९ घर भई काठमाण्डुको सामाखुशी बस्ने ३३ वर्षीय रामेश्वर काप्री रहेका छन् ।

पक्राउमध्ये दिलिपले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ र रामेश्वरले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिलिपलाई काठमाण्डुको नयाँ बानेश्वर र रामेश्वरलाई काठमाण्डुको बौद्धबाट पक्राउ गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।