झापा – मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम १२० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङको उर्लाबारी नगरपालिका–५ बस्ने २६ वर्षीय समिर मगर र सोही नगरपालिका–२ बस्ने २७ वर्षीय सुजन कार्की रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले सिटिसफारीमा भारतको पानीट्यांकीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया