नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भई काठमाण्डु महानगरपालिका–१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मीम लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डु महानगरपालिका–३२ नयाँ बानेश्वपरबाट पक्राउ गरेको छ ।

प्रहरीले पीडितलाई उद्धार समेत गरेको छ । उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाण्डुबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।