हत्या गरेको अभियोगमा १ जना पक्राउ

हत्या गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – आफ्नै दाइ ७० वर्षीय खमसिङ तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरको अभियोगमा किस्पाङ गाउँपालिका–५ मानेगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिंह बहादुरले खुकुरी प्रहार गर्दा खमसिङको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोट समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।