अवैध लागूऔषधसहित २ जना पक्राउ

अवैध लागूऔषधसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित काठमाण्डु र सिरहाबाट २ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन ७ ग्रामसहित सिरहाको धनगढीमाई नगरपालिका–११ बस्ने २४ वर्षीय राधेश्याम यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले उदयपुरबाट काठमाण्डुतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २५८० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

यसैगरी सिरहाको कर्जन्हा नगरपालिका–६ कमला बाँधबाट अवैध लागूऔषध गाँजा करीब २ किलोग्रामसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ राधोपुर बस्ने २१ वर्षीय राजु राउतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले कर्जन्हाबाट धनुषातर्फ जाँदै गरेको मधेश प्रदेश–०१–००४ प ७०८० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक राउतलाई गाँजासहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।