अवैध लागूऔषधसहित मकवानपुर र कैलालीबाट २ जना पक्राउ

अवैध लागूऔषधसहित मकवानपुर र कैलालीबाट २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले मकवानपुर र कैलालीबाट २ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब २ किलो ५०० ग्रामसहित राक्सिराङ गाउँपालिका–१ बस्ने २८ वर्षीय जीवन लामा समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा३ख ८३८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २० मिलिग्रामसहित बोराडाडी बस्ने १९ वर्षीय दिपेश अवस्थीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।