चितवनमा करीब १५० किलोग्राम गाँजा बरामद

चितवनमा करीब १५० किलोग्राम गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – जिल्लाको राप्ती नगरपालिका–८ खुरखुरेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब १५० किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टांडीबाट खटिएको प्रहरी टोलीले बीआर २२ क्यू ४३४१ नम्बरको बोलेरो गाडी जाँच गर्न खोज्दा चालक फरार भएपश्चात गाडी तलासी गर्दा पछाडि ढालामा वेल्डिङ गरी बनाएको फल्स बटनमा लुकाइछिपाई राखेको १८ वटा पोकाहरूमा गाँजा फेला पारी बरामद गरेको छ ।

प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।