सामुदायिक वनका अध्यक्षसहित ८ जना पक्राउ

सामुदायिक वनका अध्यक्षसहित ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – डिभिजन वन कार्यालय झापाले कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।

सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित ८ जनालाई पक्राउ गरिएको हो ।

वनमा केही रुख काटिएका ठुटाहरू फेला परेको र सामुदायिक वनको काठ हराएकाले अनुसन्धानका लागि पक्राउ गरिएको छ । वन पैदावार काटी हानी–नोक्सानी गरेको तथा कोष हिनामिना गरेको आरोपमा गत चैत ४ गते मुद्दा दर्ता भएपछि अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी अञ्जना पुरीले बताइन् ।

डिभिजनल वन अधिकृत मेघराज राईले अदालतमा मुद्दा दर्ता गराई म्याद थप भइसकेको जानकारी दिए । वन कार्यालयले आरोपीहरूको नाम सार्वजनिक गरेको छैन ।