बचत हिनाबिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

बचत हिनाबिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  काठमाण्डुको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ छन् । उनीहरुले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।