१५ हजार थान नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

१५ हजार थान नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले पर्साबाट १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारस्थित चम्पारन नरकटिया ग्रामपंचायत वडा नम्बर ४ का ४० वर्षीय इजाजत अहमद छन् ।

मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट अहमदलाई पक्राउ गरेर आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए।

जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकखण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल आउँदा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा नक्कली मतपत्रसहित अहमदलाई पक्राउ गरेको हो । यस विषयमा प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।