अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – विराटनगर महानगरपालिका–१५ तीन नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १ ग्राम ३८ मिलिग्रामसहित सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बस्ने २४ वर्षीय विवेक राईलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।