अवैध लागूऔषधसहित १ जना पक्राउ

अवैध लागूऔषधसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे – पनौती नगरपालिका–७ बसपार्कबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १६ ग्राम, गाँजाको धुलो (पोल्याण्ड) ३० ग्राम, सिरिन्ज ३ सेट र नुर्फिन ३ एम्पुलसहित पनौती नगरपालिका–७ एलोछे टोल बस्ने २९ वर्षीय सरोज देउजालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।
प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । गाँजा सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।