अवैध लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – जिल्लाको बराहक्षेत्र नगरपालिका–३ बाङ्गे बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्रामसहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा २४ वर्षीय दिवस भण्डारी, ४० वर्षीय अनिल राई, २४ वर्षीय संगम राई र मोरङको कानेपोखरी गाउँपालिका–२ केरवन बस्ने २६ वर्षीय देवेन्द्र बुढाथोकी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।