काठमाण्डु – बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको गोली लागेर मृत्यु भएको छ ।
गोली लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
आदर्श कोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाइकलमा सवार ४ जनाको अज्ञात समूहले कुशवाहालाई बतरामा गोली हानेको थियो ।
हत्या प्रकरणमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया