नवलपुरमा मतपेटिकामा एसिड प्रहार गर्ने एक जना पक्राउ

नवलपुरमा मतपेटिकामा एसिड प्रहार गर्ने एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लागाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय नारायण भण्डारी रहेका छन् । उनले आज दिउँसो ४:१२ बजे मतपेटिकामा एसिड प्रहार गरेका थिए ।