अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ


काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

बाराको निजगढ नगरपालिका–८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करीब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका–८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा प्र–०३–००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई गाँजासहित पक्राउ गरेको छ । हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

चितवनको रत्ननगर नगरपालिका–१६ खैरेनी टोल बस्ने ३२ वर्षीय अपनु श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ६ किलोग्राम, एनारगन ५०० ट्याब्लेट र ट्रामाडोल ४९७ ट्याब्लेटसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पिठुवाबाट खटिएको प्रहरीले उनको घरबाट लागूऔषध फेला पारी पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४५ ट्याब्लेटसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने २४ वर्षीय विशाल थिङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।