अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–१४ कंलकीस्थित प्लाजा गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम ३८० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने ३० वर्षीय विजय गुप्ता र नागार्जुन नगरपालिका–२ सानो भर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम २४० मिलिग्रामसहित कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका ४३ वर्षीय टंक बहादुर शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।