बसुन्धाराबाट करिब ६ करोड लुटेको आरोपमा १० जना पक्राउ

बसुन्धाराबाट करिब ६ करोड लुटेको आरोपमा १० जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको बसुन्धारामा करिब ६ करोड बराबरको सुन र नगद लुटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा कार्तिक २९ मा राति समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका थिए ।

लुटेराले घरधनी नन्दसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएर लुटपाट गरेका थिए । लुटमा संलग्न ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

७ जना लुटेरालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका पञ्च बहादुर सिंह भन्ने पवन सिंह, कविता बुढा, रविना मल्ल, गुल्मीको माालिका गाउँपालिका घर भई भक्तपुर बस्ने २६ वर्षीय सुना जिसी, कालिकोटको माहावै गाउँपालिका घर भएका २४ वर्षीय गोपाल सिंह, सोही ठाउँका ३२ वर्षीय पर्वराज सिंह, कालिकोट तिलागुफा घर भएका २३ वर्षीय गंगबहादुर शाही र जुम्ला हिमा गाउँपालिका घर भएर सुन्धारा बस्ने विशाल शाही छन् ।

कालिकोटको तिलागुफा नगरपालिका घर भएर नयाँ बसपार्क बस्ने २४ वर्षीय तिलकबहादुर शाही र तिलागुफाकै २९ वर्षीय धनबहादुर शाही पक्राउ परेका छन् ।​ पीडित परिवारले करिब ५ सय तोला सुन र २५ लाख नगद लुटपाट भएको प्रहरीलाई बताएका छन् । लुटको मुख्य योजनाकार कुर्म बहादुर शाही फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३८ तोलाको सुनको गिलास, दुई वटा नौगेडी, ३ थान हिराको हार, तिलहरी र केही नगद बरामद गरेको छ ।