जोगी बनेर भिख माग्‍ने बाहानामा सुनको रिङ लुट्ने दुई भारतीय पक्राउ

जोगी बनेर भिख माग्‍ने बाहानामा सुनको रिङ लुट्ने दुई भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जोगी बनेर भिख माग्ने बाहानामा सुनको रिङ लुट्ने दुई भारतीय पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका ३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका १२ की ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा दुई भारतीयलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको खबरपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान गरिरहेको पनि एसपी अधिकारीले जानकारी दिए ।