दार्चुलाका विष्टको हत्या आरोपमा एक जना पक्राउ


दार्चुला – दार्चुलाको व्याँस गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

व्याँस गाउँपालिका ४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । विष्टलाई आइतबार पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको उनले जानकारी दिए ।

मंसिर ३ गते राति दुवैको दार्चुला तिंकर सडकमा भेट भएको र दुवैले मदिरा सेवन गरेकाले विवाद हुँदा हत्या गरेको प्रहरीले जनाएको छ । दुवैबीच एक आपसमा विवाद हुँदा दीपक विष्टले नरसिंह विष्टको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement