बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी पूर्व – ४३ वर्षीय बुवाको हत्या गरेको अभियोगमा कावासोती नगरपालिका–५ ठकुरी चोक बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफूले पालेको कुकुर बुवाले मारेको भन्ने विषयलाई लिएर झैझगडा हुँदा ती किशोरले ढुंगा प्रहार गर्दा उनको बुवाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।