उदयपुर – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उदयपुरमा १ जनालाई पक्राउ गरेको छ ।
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–८ हाडे डाँडा टोल बस्ने ५० वर्षीय कर्मसिंह गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
गोलेले ती महिलालाई आईतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया