सर्वाेच्च अदालतमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने १ जना पक्राउ

सर्वाेच्च अदालतमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने १ जना पक्राउ

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने १ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सोमबार अपराह्न भएको घटनामा संलग्न रहेको आरोपमा काठमाण्डुको माइतीघरमा रहेको लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरिएको हो ।

सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदन फैसलाको नक्कल लिने विषयमा भनाभन भएपछि सुरक्षाकर्मी बोलाई सोधपुछ गर्ने क्रममा चौधरीले सर्वोच्च अदालत सुरक्षा इकाईमा कार्यरत महिला प्रहरी कर्मचारीमाथि हातपातका साथै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताए ।

उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबारमा ल्याई अनुसन्धान थालिएको उनले जानकारी दिए ।