अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब १८ किलो ५०० ग्रामसहित भारतको वेतिया थानामझौलीया–९ कचहरिटोला बस्ने ३० वर्षीय मुसाहेव आलमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बीआर ०५ पीबी ७३६४ नम्बरको अटो जाँच गर्न क्रममा गाँजा फेला पारी चालक आलमलाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१३ डेरा गरी बस्ने विराटनगर महानगरपालिका–१८ जतुवा घर भएका ५४ वर्षीय पोलाई यादवलाई अवैध लागूऔषध गाँजा ५०० ग्राम र नगद ९०० रूपैयाँसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर करीब १ ग्राम ७० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–१० बस्ने ३४ वर्षीय विशाल गुरूङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०१–०१७ प ५८६ नम्बरको स्कुटर चालक गुरूङलाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।