बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जना पक्राउ

बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जनालाई पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोश्ी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरीकै बहालवाला प्रहरी नायव निरीक्षक (सई) सञ्जय न्यौपाने सहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

न्यौपाने हाल मधेश प्रदेशको बर्दिबासमा कार्यरत छन् ।

पक्राउ परेकाको साथबाट २२ क्यालिवरको राइफल १ थान, राइफलको म्यागजिन २ थान, गोली १५ थान, वाइनाकुलर ३ थान, ट्राइपोटर्र १ थान, फलामको हथौडा १ थान, खुर्पा १ थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को२त ६९ नम्बरको ट्रयाक्टर १ थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको समेत जानकारी दिए ।्