तारकेश्वरका अमिन घुस रकमसहित पक्राउ

तारकेश्वरका अमिन घुस रकमसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाई घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौलागाईलाई घुसको २० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार चौंलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा आयोगको टोली खटिएकोमा उनको साथबाट स्रोत नखुलेको ३४ हजार रुपैयाँ समेत बरामद गरेको छ ।

उनलाई तारकेश्वर नगरपालिका–६ धर्मस्थलीबाट सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए ।