काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डुले स्रोत नखुलेको १९ लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डु महानगरपालिका–१४ कलंकीमा शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले निगरानी गर्दा १९ लाख रुपैयाँ बरामद गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
प्रहरी टोलीले दोलखाको विगु गाउँपालिका–४ घर भई काठमाण्डु–१४ कलंकी बस्ने ३५ वर्षीय सावित्री वली र काठमाण्डु–२३ न्युरोड बस्ने २५ वर्षीय सुरेश वलीलाई नगदसहित पक्राउ गरेको छ ।
आरोपी दुवै जनाले न्युरोडमा भारतीय नागरिकको अफिसमा काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ । आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया