काठमाण्डु – देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ शिखर टोल बस्ने धुर्व रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा महालक्ष्मी नगरपालिका–४ केरू टोल बस्ने ३३ वर्षीय कवि नगरकोटी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ३८ हजार १४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
दाङको दंगिशरण गाउँपालिका–३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ३५ वर्षीय गणेश योगी समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ६ हजार ६५० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु बस्ने शिवबहादुर विकको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय टेकबहादुर विक समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया