माल्टा पठाइदिन्छु भनी ७ लाख ठगी गर्ने १ जना पक्राउ

माल्टा पठाइदिन्छु भनी ७ लाख ठगी गर्ने १ जना पक्राउ

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माल्टा पठाइदिन्छु भनी ७ लाख ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिराहाको सिराहा नगरपालिका–१० घर भई काठमाण्डु महानगरपालिका–३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डुको मध्यबानेश्वरबाट पक्राउ गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।