सेनाका सिपाही खड्काको कोठामा भेटियो अवैध पेस्तोल

सेनाका सिपाही खड्काको कोठामा भेटियो अवैध पेस्तोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले नेपाली सेनाका सिपाहीको कोठाबाट अवैध पेस्तोल फेला पारेको छ ।

बृत्तको टोलीले शनिबार काठमाडौंको नागार्जुन नगरपालिका–१०, रानीवनमा रहेको दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भइ सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही २४ वर्षीय अनिल खड्काको कोठामा खानतलासी गर्दा अवैध पेस्तोल फेला पारेको हो ।

गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

खड्कामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।