बिस्फोटक पदार्थ सम्बन्धी कसूरका फरार २ जना पक्राउ

बिस्फोटक पदार्थ सम्बन्धी कसूरका फरार २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – बिस्फोटक पदार्थ सम्बन्धी कसूरका फरार २ जना प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला ठेगाना भएका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोल ठेगाना भएका २० वर्षीय धिरज माझी रहेका छन् ।

बिर्तामोड नगरपालिका–६ स्थित शमशेर एण्ड गंगादेवी टी स्टेट प्रालिको पश्चियम पर्खाल नजिकै गत भदौ २८ गते आम सर्वसाधारणलाई आतंकित तुल्याउने उद्देश्यले बिस्फोटक पदार्थ राखेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले संलग्न राजकुमारलाई मोरङको उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट र धिरजलाई मोरङ पथरी शनिश्चरे नगरपालिका–१ जातेरोडबाट पक्राउ गरेको हो ।

उनीहरूउपर जिल्ला अदालत झापाबाट बिस्फोटक पदार्थ सम्बन्धी कसूरमा ३ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।