भरूवा बन्दुकसहित २ जना पक्राउ

भरूवा बन्दुकसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले मोरङ र अछामबाट भरूवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।

मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगा बस्ने ओमप्रकाश यादवलाई १ थान भरूवा बन्दुकसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा बन्दुक फेला पारी पक्राउ गरेको छ ।

अछामको साँफेबगर नगरपालिका–७ रिडिकोट बस्ने ३३ वर्षीय कुबेर केसीलाई १ थान भरूवा बन्दुकसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बयलपाटाबाट खटिएको प्रहरी टोलीले उनको घरको छानामाथि लुकाइछिपाई राखेको अवस्थामा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको छ ।

बरामद बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।