काठमाण्डु – गृहमन्त्रीको प्रमुख स्वकीय भन्दै प्रहरी, प्रशासनदेखि विभिन्न निकायमा फोन गरी धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गृहमन्त्री रमेश लेखकको पीए भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोजेको आरोपमा प्रहरीले बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई बिहीबार काठमाण्डुबाट पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले विष्टलाई धुम्बाराहीबाट पक्राउ गरिएको बताए ।
प्रतिक्रिया