अख्तियारको अधिकृत भन्दै कर्मचारीलाई धम्क्याउने १ जना पक्राउ

अख्तियारको अधिकृत भन्दै कर्मचारीलाई धम्क्याउने १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत भन्दै कर्मचारीलाई धम्क्याउने १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी रहेका छन् ।

अख्तियारको टोलीले पक्राउ गरेर चौधरीलाई प्रहरीको जिम्मा लगाएको छ । बुधबार साँझ पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ललितपुर प्रहरीका प्रवक्ता एसपी नवरन्त पौडेलले चौधरीमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

उनले राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका कर्मचारीलाई धम्क्याएको आरोप छ ।