काठमाण्डु – सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी नगरपालिका–२ घर भई काठमाण्डु नागार्जुन नगरपालिका–४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाण्डु महानगरपालिका–१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्णप्रसाद श्रेष्ठ छन् ।
काठमाण्डुको नागार्जुन नगरपालिका–६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटीमा लगाएको करीब २ तोला सुनको सिक्री बा९६प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया