काठमाण्डु – नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने चितवनको राप्ती नगरपालिका–१ घर भई काठमाण्डुको रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौलालाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।
उपत्यकाका विभिन्न स्थानमा रहेका क्यासिनोहरूमा नेपाली नागरिकले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई प्रवेश गरी जुवा खेल्ने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाण्डुको ठमेलस्थित छाँया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेष्टीमा जुवा खेलिरहेको अवस्थामा बर्तौलालाई पक्राउ गरेको छ ।
अनुसन्धानको क्रममा उनले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड समेत बनाएको खुल्न आएको छ ।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डुको भद्रकाली पठाइएको छ ।




प्रतिक्रिया