अवैध लागूऔषधसहित २ जना पक्राउ

अवैध लागूऔषधसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलाली र सुनसरीबाट अवैध लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका–२ ठानापुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ९०० मिलिग्रामसहित टीकापुर नगरपालिका–९ रैनिबोझी बस्ने २९ वर्षीय गोबिन्द चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सुनसरीको ईनरुवा नगरपालिका–२ बस्ने २५ वर्षीय अजय कुमार मण्डललाई अवैध लागूऔषध खैरो हेरोइन २७० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ । लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।