काठमाण्डु – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
रूपन्देहीको सैनामैना नगरपालिका–११ घर भई काठमाण्डु महानगरपालिका–२६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।
ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डुको ठमेलबाट पक्राउ गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।




प्रतिक्रिया