काठमाण्डु – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखाको तामाकोशी गाउँपालिका–४ घर भई काठमाण्डु महानगरपालिका–१५ चमती बस्ने २८ वर्षीय रामबिक्रम खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुर र जिल्ला अदालत काठमाण्डुबाट बैंकिङ कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले टेकुबाट पक्राउ गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ ।




प्रतिक्रिया