फेसबुकमा युवतीको चरित्रहत्या गर्ने प्रधान पक्राउ

फेसबुकमा युवतीको चरित्रहत्या गर्ने प्रधान पक्राउ


काठमाण्डु – सामाजिक सञ्जालको फेसबुकको दुरूपयोग गरी युवतीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका १७ हाँडीगाउँ बस्ने २७ वर्षीय अभिनाश प्रधानलाई पक्राउ गरेको छ ।

अभिनाशले पीडित युवतीसँग फेसबुकमा साथी बनी प्रेम सम्बन्ध प्रगाढ बनाएका थिए । पछि युवतीसँग सम्बन्ध बिग्रिए पश्चात् पीडितको अनुहारमा नग्न महिलाको तस्विर जोडी अपशब्द लेखि गालीगलौज गरी पीडितको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले प्रधानलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रधानलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।