अदालत परिसरमा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पाण्डे पक्राउ

अदालत परिसरमा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पाण्डे पक्राउ


काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतमा कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरी परिसरको टोलीले हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रह्री उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको हो । पक्राउ परेका पाण्डेविरुद्ध प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान अघि बढाएको अधिकारीले जानकारी दिए ।

माघ २ गते त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौंको दक्षिण गेट बाहिर कुटपिट गरेको आरोपमा प्रहरीले यसअघि ललित केसीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।