काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि हातपात गर्ने थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाण्डुको सुर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसअघि दोलखाका ललितकुमार केसीलाई प्रहरीले पक्राउ गरिसकेको छ । अदालत परिसरमा आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका छन् ।




प्रतिक्रिया