अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ


कैलाली – धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन २२० मिलिग्रामसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने भारतको पलिया घर भएका १७ वर्षीय किशोर समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।