जनकपुरधाम – सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित २ युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका–१२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार सोमबार राति करीब साढे ८ बजे गोलबजार –११ बल्कबास्थित मैनाबती खोलामा लागेको भब्री मेलामा आएका व्यक्तिहरूबीच भइरहेको झैझगडाको क्रममा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
मेलाबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रमोदको साथबाट कटुवा पेस्तोल १ थान र विष्णुको साथबाट फलामको नक फेला परेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।
हातहतियार सम्बन्धी कसूरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




प्रतिक्रिया