काठमाण्डु – ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई धम्की दिएको आरोपमा प्रहरीले ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको छ। उनी ताप्लेजुङका पहिचानवादी मोर्चाका जिल्ला संयोजक हुन् । उनलाई त्यहाँ नानी उपनामले पनि चिनिन्छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको जानकारी दिए ।
मादेनले गत शनिबार पाथीभरा केबलकारको विरोध गर्ने समूहको नेतृत्व गरेको र त्यही बेला प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिएको डिएसपी रावलले जानकारी दिए ।
ताप्लेजुङमा पाथीभरा केबलकार निर्माण गर्ने विषयलाई लिएर विरोध हुँदै आएको छ। त्यहीक्रममा गत शनिबार सुरक्षाकर्मी र स्थानीयहरूबीच झडप भएको थियो ।




प्रतिक्रिया