अष्ट्रेलियन नागरिक सुनको औंठीसहित पक्राउ

अष्ट्रेलियन नागरिक सुनको औंठीसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध रूपमा संकलन गरी लैजान लागेको करीब ११ ग्राम ६६० मिलिग्राम तौलको सुनको औंठी २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वतको मोदी गाउँपालिका–७ घर भएका ४० वर्षीय प्रमोद शर्मा छन् ।

मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाण्डु आएका चन्द्र कुमारबाट प्रमोदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन अध्यागमन क्षेत्रको शौचालय भित्रबाट सुनको औंठी संकलन गरी भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

आरोपीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।