अवैध लागूऔषधसहित ७ जना पक्राउ

अवैध लागूऔषधसहित ७ जना पक्राउ


काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय विपिन साउँद र बर्दियाको गेरूवा गाउँपालिका–३ बस्ने २५ वर्षीय रिहान साउँद छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट काठमाण्डुतर्फ आँउदै गरेको लु२ख ६९४० नम्बरको बसमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१२ पचगावाबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम २८० मिलिग्रामसहित रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगर बस्ने २३ वर्षीय सन्दिप मगर समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लागूपदार्थसहित पक्राउ गरेको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ५२० मिलिग्रामसहित रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ बुद्धनगर बस्ने २६ वर्षीय महेश पुनलाई सोमबार बिहान प्रहरी टोलीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम ७०० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–१० बस्ने ४४ वर्षीय लिलाबहादुर खड्की र सिराहाको मिर्चैया नगरपालिका–६ बस्ने २५ वर्षीय अजय कुमार साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाण्डुतर्फ आउँदै गरेको बा५ख ३५८ नम्बरको हाईसमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।